प्रमुख सडकमा ट्राफिक लाइट जडान
gorkhapatraonline.com · Sun Jun 21 02:34:05 GMT 2026

चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्रका प्रमुख सडक चोकमा ट्राफिक व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउन ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । नारायणगढ–भरतपुर सडकखण्डका छ वटा व्यस्त चोकमा ट्राफिक लाइट जडानका लागि हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनी एभरेस्ट टुसी–अमर ज्योति जेभीका प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
सडक विभागमार्फत सञ्चालन भइरहेको यस आयोजना अन्तर्गत नारायणगढको लायन्सचोक, सहिदचोक तथा भरतपुरका चौबिसकोठी, हाकिमचोक, केन्द्रीय बसपार्क चोक र मालपोत चोकमा ट्राफिक लाइट जडान गरिने भएको छ । ती चोकमा आवश्यक पोल गाड्ने, संरचना निर्माण गर्ने तथा विद्युतीय पूर्वाधार तयार गर्ने काम अधिकांश सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रमुख थापाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)