पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर
nepalbahas.com · Thu May 28 07:05:03 GMT 2026

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर
१४ जेठ, भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो ।
बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हातेट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने उनले बताए ।
“किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने, “यसले किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न प्रोत्साहन गर्छ भन्ने हाम्रो अपेक्षा हो ।”
गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । विगत वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । किसानमा व्यावसायिक सोचको विकास गराउन गाउँपालिकाले कृषिमा जोड दिएको छ । “हामीले किसानको वास्तविक मागका आधारमा कार्यक्रम ल्याएका छौँ”, अध्यक्ष राईले भने, “यान्त्रिकीकरणमार्फत खेतीलाई सहज, छिटो र उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौँ ।”
किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहायतामा जोड दिइने जानकारी दिइन् । “सामग्री वितरणमात्रै होइन, त्यसको सही प्रयोग र दिगो प्रभाव सुनिश्चित गर्नु पनि हाम्रो दायित्व हो”, उनले भनिन् ।
स्थानीय किसानले कार्यक्रमबाट सकारात्मक प्रभाव परेको बताएका छन् । किसान प्रेमबहादुर कार्कीले हातेट्याक्टर प्रयोगले खेतबारी जोत्न, गोडमेल गर्न र अन्य कृषिकार्यमा लाग्ने समय तथा श्रम घटाउने बताए । “कयौँ दिन लाग्ने काम अहिले केही घण्टामै सकिन्छ”, उनले भने, “यसले खेती गर्न उत्साह थपेको छ । उत्पादन बढाउने आशा पनि जगाएको छ ।”
गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै, उत्पादन लागत घटाउने तथा उत्पादकत्व बढाउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । कृषि उद्यमशीलता विकास गर्दै युवालाई कृषिमा आकर्षित गर्ने योजनाअनुसार गाउँपालिकाले किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत खरिद गरेको छ ।
कृषि
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, पाँच हजार टन भित्रियो
जेठ १३, २०८३ बुधबार
व्यवसायिक अदुवाखेती गर्दै खोक्सिकका किसान
जेठ १३, २०८३ बुधबार
अब गुणस्तरहीन मासु बेच्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने
जेठ १३, २०८३ बुधबार
नेपालबहस ट्रेन्डिङ
वीरगञ्जका मेयर राजेशमानविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार भए सिंह
नेपालबहस संवाददाता
जेठ १२, २०८३ मंगलबार
धितोपत्रको अध्यक्षका लागि सिफारिस नाममा स्वार्थ देखिएपछि बैठकमै कड्किएका थिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ १२, २०८३ मंगलबार
सीडेनको चेतावनीः ‘उपेक्षा जारी रहे सम्बन्ध पुनर्विचार गर्छौं’
नेपालबहस संवाददाता
जेठ १३, २०८३ बुधबार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश, अदालतको क्षेत्राधिकार नमिलेको ठहर
नेपालबहस संवाददाता
जेठ ११, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
सीडेनको चेतावनीः ‘उपेक्षा जारी रहे सम्बन्ध पुनर्विचार गर्छौं’
जेठ १३, २०८३ बुधबार
२
रवि लामिछानमाथि फौजदारी अपराधमा कारबाही गर्न सिफारिस, रास्वपाका १५ सांसद दोषी देखिए
जेठ १३, २०८३ बुधबार
३
बीरगञ्जका किर्ते मेयर राजेशमान सिंहको अर्को चर्तिकला !
जेठ १३, २०८३ बुधबार
छुटाउनुभयो कि?
पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर
जेठ १४, २०८३ बिहिबार
श्रमिकमैत्री बजेटको माग गर्दै कांग्रेसनिकट ट्रेड युनियनको माइतीघरमा खबरदारी र्याली
जेठ १४, २०८३ बिहिबार
जलजलामा ‘गोठस्टे’ सञ्चालन
जेठ १४, २०८३ बिहिबार
सहकारीको बेथिति जाँचबुझ आयोग : राजनीतिक हस्तक्षेपले बचत हिनामिना र दुरुपयोग बढेको निष्कर्ष
जेठ १४, २०८३ बिहिबार
मुग्लिन–पोखरा सडक विस्तार: अगामी असारसम्म पूरा नहुने
जेठ १४, २०८३ बिहिबार
आगामी वर्षको बजेट बनाउने टिमको सिंहदरबारस्थित अर्थ मन्त्रालय रातभर जाग्राम, भोलि सार्वजनिक हुने
जेठ १४, २०८३ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)