'बलगर संघीयता' ऐतिहासिक वाचा कि राजनीतिक स्क्याम
nepalviews.com · Sun Jun 21 02:30:26 GMT 2026

जनकपुरधाम केवल एउटा शहर होइन; यो मिथिला सभ्यताको स्मृति, मधेशको संघर्ष र आत्मसम्मानको प्रतीक हो । त्यही धामको पवित्र भूमिमा उभिएर एक प्रस्तावित एवं सम्भावित प्रधानमन्त्रीले पहिलो उद्घोषसभामा 'जय जानकी' र 'जय मधेश' भन्दै 'बलगर संघीयता' निर्माण गर्ने कसम खानु साधारण घटना थिएन । त्यो एक यस्तो वचन थियो जसले दशकौंदेखि केन्द्रिकृत शासनको बोझ बोकेर थाकेको नागरिकको मनमा आशाको दियो बाल्यो ।
मधेशी, थरुहट, दलित, मुस्लिम र आदिवासी समुदायले त्यो क्षणलाई आफ्नो ऐतिहासिक मुक्तिको संकेतका रूपमा बुझे, र त्यही भावनाको बलमा मधेशमा रास्वपाले क्लिन स्विप गर्यो । तर आज, झण्डै दुईतिहाइको स्थिर बहुमत हुँदाहुँदै पनि त्यो वचन कार्यान्वयनको प्राथमिकता सूचीबाटै हराएको देखिन्छ । यही खाल्डोले एउटा कठोर प्रश्न उठाउँछ के 'बलगर संघीयता' वास्तविक राजनीतिक दर्शन, दिशा थियो, वा जनमत आकर्षित गर्न निर्माण गरिएको एक क्षणिक राजनीतिक आख्यान मात्र थियो ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
बालेन शाह
मधेस प्रदेश