बाँकेमा बकर ईद धुमधामका साथ मनाइँदै
gorkhapatraonline.com · Thu May 28 07:15:21 GMT 2026

इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व ईद–उल–अजहा (बकर ईद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ बिहीबार धुमधामले मनाइँदैछ । त्याग, बलिदान र कुर्बानीको पर्वका रूपमा चिनिने यो पर्व तीन दिनसम्म मनाइन्छ ।
नेपालगन्जस्थित मुख्य ईदगाहमा सामूहिक नमाजका लागि बिहानैदेखि नेपालगन्ज र आसपासका क्षेत्रबाट ठुलो सङ्ख्यामा मुस्लिम समुदाय पुगेका थिए । ईदगाहभित्र ठाउँ अपुग भएपछि धेरैले बीपी चोक आसपास सडकमै नमाज पढेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)