कामना सेवा विकास बैंकद्वारा बाढी प्रभावितका लागि २५ लाख सहयोग
kendrabindu.com · Thu Aug 27 09:21:36 GMT 2026

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र कर्मचारीको एक दिनको तलबबाट १५ लाख रुपैयाँ संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)