पोखराका मेयरलाई विदेश भ्रमणमा भ्याइनभ्याइ : हतारमा बजेट ल्याउँछन्, कुुदिहाल्छन्
onlinekhabar.com · Sun Jun 21 02:44:55 GMT 2026

७ असार, पोखरा । २०८२ साल असार ८ गते हतारमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि पर्याप्त छलफलसमेत नगरी पारित गरेर पोखरा महानगरका मेयर धनराज आचार्य चीन भ्रमणमा निस्किए । विदेश भ्रमणको हतारोले बजेटमा यतिसम्म हेलचेक्राइँ भयो कि उपमेयर मञ्जुदेवी गुरुङले नगर सभामा पेश गरेको वक्तव्यमा आर्थिक विकास महाशाखाको कार्यक्रम नै छुट्यो ।
त्योभन्दा अगाडि मेयर आचार्य चार्टर जहाजमार्फत् २०२५ मा मार्चको १८ देखि २५ सम्म चीनको सिचुवान प्रान्तका विभिन्न सहरहरू, विशेष गरी छेन्दु, लुझाउ, छोङछिङ, इमी र लिसानलगायत भ्रमण गरेका थिए । मे २०२५ मा लायन्स क्लबको अन्तर्राष्ट्रिय टोलीसँग सामाजिक तथा संस्थागत सम्बन्ध सुदृढीकरणका लागि भन्दै उनी चीन गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)