मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु

barnanmedia.com · Sun Jun 21 02:40:41 GMT 2026

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्युभ एको छ । वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलकी अन्दाजी १४ वर्षीय सम्झना थापा र १२ वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । अस्पतालमा शनिबार साँझ नै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)