मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हर्मुजको व्यवस्थापन गर्ने प्राधिकरणमाथि अमेरिकाको अर्थ मन्त्रालयले लगायो प्रतिबन्ध

clickmandu.com · Thu May 28 07:24:20 GMT 2026

एजेन्सी । अमेरिकाले पर्सियन गल्फ स्ट्रेट अथोरिटीमाथि प्रतिबन्ध लगाएको छ । यो निकाय इरानले हर्मुज जलयोजकको व्यवस्थापन गर्न स्थापना गरेको अमेरिकाको अर्थ मन्त्रालय (ट्रेजरी डिपार्टमेन्ट) ले बुधबार बताएको छ ।

यो प्राधिकरण हर्मुज जलयोजकबाट हुने आवतजावतका लागि गरिने अनुरोधहरूको व्यवस्थापन गर्न इरानले खडा गरेको एक निकाय हो ।

विश्वको कुल तेल आपूर्तिको करिब पाँचौं हिस्सा ओगट्ने यस जलमार्गमा तेहरानको पकडले विश्व अर्थतन्त्रलाई उथलपुथलमा पारेको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानले यो जलयोजक बन्द गरेको थियो ।

यस अथोरिटीसँग सहयोग गर्ने जोसुकैले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई सहयोग पुर्याइरहेको र उनीहरूबाट सेवा लिइरहेको मानिनेछ तथा उनीहरूमाथि पनि प्रतिबन्ध लाग्न सक्ने अर्थ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

‘विश्वव्यापी सामुद्रिक व्यापारलाई दोहन गर्ने इरानी सेनाको पछिल्लो प्रयासले इकोनोमिक फ्युरीका कारण त्यहाँको शासन नगदका लागि हतास भएको प्रमाण दिन्छ,’ अर्थमन्त्री स्कट बेसेन्टले भने ।

पर्सियन गल्फ स्ट्रेट अथोरिटीले गत साता एउटा नक्सा प्रकाशित गर्दै सो साँघुरो जलमार्गको दुवैतर्फको ठूलो जलक्षेत्रमा तेहरानको दाबीलाई पुनः पुष्टि गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)