आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गर्यो : मेयर्स फोरम
ratopati.com · Thu May 28 07:26:56 GMT 2026

काठमाडौँ । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ ।
फोरमको ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरीत निर्णय गरेको निष्कर्ष निकालेको हो । बैठकले केन्द्र सरकारसँग आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ । मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकार कुण्ठित भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)