२६ औं विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न
ajakoartha.com · Thu May 28 07:25:00 GMT 2026

जेठ १३, काठमाडौं नेपाल डेरी एसोसिएसनको आयोजनामा, राष्ट्रिय दुग्ध विकास बोर्ड, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा “दुग्ध क्षेत्रको दिगो विकासस् पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारा महिला कृषकहरुको सम्मानू मूल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक कविता प्रतियोगिता कार्यक्रम काठमाडौं इङ्गलिस स्कुल, नक्सलमा सम्पन्न भएको छ ।
नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयता र प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेलज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य राजन दाहाल, रामभक्त दाहाल, केन्द्रीय दुध उत्पादक संघका कृष्ण प्रसाद सापकोटा, केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज यादव, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाराम घिमिरे, केन्द्रीय सहसचिव रमेश सञ्जेल, केन्द्रीय सदस्य अजित बजगाई, नवराज तिमल्सिना, एसोसिएसन बागमतीका उपाध्यक्ष ध्रुव तिवारी, नेपाल कृषि तथा पशुापछीं व्यवसायी संघका सदस्य कुल प्रसाद धमला, काठमाडौं विद्यालयका अध्यक्ष ईश्वर पुडासैनी,प्रधानाध्यपक दिनेश खतिवडा, रोटरी क्लब अफ कपनका अध्यक्ष मन्जु श्रेष्ठ, विद्यालयका शिक्षकशिक्षिका, एसोसिएसनका पूर्व केन्द्रीय पदाधिकारी एवं सदस्य प्रतिनिधि लगायत सरोकारवाला संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ