मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेको डुडुवामा कांग्रेस विजयी

ekantipur.com · Tue May 17 18:13:29 GMT 2022

नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी निर्वाचित भएका छन् । अध्यक्ष पदमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल अहिरलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनले ६ हजार २ सय ७२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पाटी नेपालका भण्डारीलाल अहिरले ५ हजार १ सय २५ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)