रास्वपा सांसद शर्माले उठाए मानवअधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न, भन्छन्- सत्य बाहिर आओस्
nepalpress.com · Thu May 28 07:35:39 GMT 2026

काठमाडौं । रास्वपाका सांसद सोम शर्माले मानवअधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन्। आयोगले शर्मासहित रास्वपाका दर्जनबढी सांसदहरूमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेपछि आफूहरू तयार रहेको बताएका छन्।
उनले भनेका छन्, ‘दक्षिण अफ्रिकामा नेल्सन मण्डेलालाई पनि कुनै समय राज्यविरुद्धको अपराधी भनिएको थियो। इतिहासले पछि त्यही मान्छेलाई अन्यायविरुद्ध लडेको विश्वकै प्रतीक बनायो। आन्दोलन जहिल्यै फूलको माला बोकेर सुरु हुँदैन, आन्दोलन जन्मिन्छ राज्यको निरङ्कुशता, अन्याय र नागरिकको घाँटीसम्म पुगेको पीडाबाट। त्यसैले आन्दोलनलाई केवल अपराधको आँखाले हेर्ने दृष्टि इतिहासले धेरै पटक गलत सावित गरिसकेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)