कुरासाओले विश्वकपमा जोड्यो पहिलो अंक
neplays.com · Sun Jun 21 03:05:00 GMT 2026
विश्वकप फुटबलमा नवप्रवेशी कुरासाओले पहिलो अंक प्राप्त गरेको छ। गोलकिपर एलोय रुमको अविश्वसनीय प्रदर्शनको मद्दतमा कुरासाओले विश्वकप इतिहासकै पहिलो अंक हात पारेको हो।
समूह ‘ई’ अन्तर्गतको खेलमा दक्षिण अमेरीकी राष्ट्र इक्वेडरसँग गोलरहित बराबरी खेल्दै कुरासाओले ऐतिहासिक नतिजा निकालेको हो। मियामी एफसीका ३७ वर्षीय गोलकिपर रुमले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ वटा बचाउ गरे। यससँगै उनले विश्वकपको एक खेलमा सर्वाधिक बचाउ गर्ने अमेरिकी गोलकिपर टिम हावर्डको कीर्तिमान बराबरी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा