डिजिटल युगमा साना उद्यमीलाई सशक्त बनाउने कार्यशाला सम्पन्न
kalakarmi.com · Thu May 28 07:40:47 GMT 2026

काठमाडौं- डिजिटल प्रविधिको तीव्र विकाससँगै अहिले व्यवसाय सञ्चालन र प्रवद्र्धनमा ठूलो परिवर्तन आएको छ । डिजिटल मार्केटिङ अन्तर्गत सामाजिक सञ्जाल, एआई टुल्स र अनलाइन प्लेटफर्महरू व्यवसाय विस्तारका महत्वपूर्ण माध्यम बनिरहेका बेला नेपालका साना तथा मध्यम उद्यमीहरूलाई समयअनुकूल सीप प्रदान गर्ने उद्देश्यले ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर) ले ‘डिजिटल उत्थानः डिजिटल युगका लागि काठमाडौंका लघु–उद्यमीहरूलाई सशक्त बनाउने’ परियोजनाअन्तर्गत दोस्रो तथा अन्तिम कार्यशाला सम्पन्न गरेको छ ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रका साना उद्यमी, महिला व्यवसायी, होटल सञ्चालक, हाटबजारमा व्यापार गर्ने व्यवसायी तथा स्वतन्त्र उद्यममा संलग्न व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा सहभागीहरूलाई फेसबुक, टिकटक, गुगल म्याप, गुगल एनालिटिक्स, क्यानभा, क्यापकटलगायतका डिजिटल टुल्स प्रयोग गरेर आफ्नो व्यवसाय कसरी प्रवद्र्धन गर्ने भन्नेबारे सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारको प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमपछि कुरा गर्दै इन्टरनेट सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष आशीर्वाद त्रिपाठीले डिजिटल युगमा साना उद्यमीहरूलाई पछाडि पर्न नदिन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ