इक्वेडर र कुरासाओको गोलरहित बराबरी
nepalviews.com · Sun Jun 21 03:12:38 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को प्रतिस्पर्धामा इक्वेडर र कुरासाओले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका राम्रा अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको हो।
यस बराबरी नतिजासँगै इक्वेडर र कुरासाओ दुवै टोलीलाई प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना निकै कठिन बनेको छ। अघिल्लो चरणको यात्रा तय गर्न जित्नैपर्ने दबाबका बीच मैदानमा उत्रिएका दुवै टोलीले एक-एक अङ्कमा चित्त बुझाउनुपरेको छ, जसले उनीहरूको आगामी यात्रालाई अन्योलमा पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा