अमेरिका-इरान वार्ता आज
rajdhanidaily.com · Sun Jun 21 03:18:04 GMT 2026
वासिङ्गटन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आज (आइतबार)बाट नै सुरु हुन सक्ने बताएका छन् । वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उनले बताएका हुन् ।
शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड जाने र वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताए । यसैबीच, लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध गरेको छ ।
अमेरिकासँगको समझदारी पत्रमा इरान र यस क्षेत्रका लेबनान लगायत इराननिकट शक्तिहरूको आक्रमणलाई पनि रोक्ने सहमति भएको र इजरायल र लेबनाननबीच शुक्रबार युद्धविराम घोषणा भएपनि आक्रमण नरोकिएको भन्दै इरानको मुख्य सैन्य कमान्ड खातम अल–अन्बियाले हर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ ।
अमेरिकाले नयाँ शान्ति समझदारी उल्लंघन गरेको र इजरायलले दक्षिणी लेबनानमा युद्धविराम तोडेको भन्दै इरानले यस्तो कदम चालेको जनाएको छ ।
भान्सले इरानले जलडमरू बन्द गरेको कुनै प्रमाण नदेखिएको बताउँदै फक्स न्यूजसँग भने, “हामीले इरानीहरूले हर्मुज जलडमरू बन्द गरेको कुनै प्रमाण देखेका छैनौं । तर त्यहाँ रहेका विष्फोटक पदार्थहरू हटाउन केही समय लाग्ने भएकाले पूर्णरूपमा नियमित जहाज आवागमनमा केही समय लाग्नेछ ।”
पाकिस्तानद्वारा पुष्टि
पाकिस्तानको विदेश मन्त्रालयले शनिबार इस्लामावाद समझदारी पत्र अनुसार अमेरिका र इरानबीच प्राविधिक स्तरको वार्ता आइतबार स्विट्जरल्यान्डको बुरगेनस्टकमा हुनेछ ।
दुवै देशका प्रतिनिधि तथा मध्यस्थकर्ता पाकिस्तान र कतारका प्रतिनिधिहरू वार्तामा सहभागी हुनेछन् । पाकिस्तानले मध्यस्थकर्ताको भूमिकामा यो प्रक्रियालाई निरन्तर सहयोग गर्नेछ ।
सम्बन्धित समाचार
हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता
आधा शताव्दीदेखि सीमित व्यापारीको कब्जामा सयौं रोपनी सरकारी जग्गा
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
३१ वर्षपछि ब्युँतियो रावल आयोग
इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने
बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
डोनाल्ड ट्रम्प