मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तर्राष्ट्रिय रङ्गशाला शिलान्यास यसै वर्ष

gorkhapatraonline.com · Sun Jun 21 03:16:51 GMT 2026

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालाको शिलान्यास यसै वर्ष गरिने बताउनुभएको छ ।

शनिबार जनकपुरधाममा मधेश प्रदेश खेलकुद परिषद्ले ‘खेली मधेश, जिती मधेश’ भन्ने मूल नारासहित सुरु गरेको नेकोस कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले खेलकुदको व्यावसायीकरण आवश्यक रहेको उल्लेख गर्दै खेलाडी र राज्यबिचको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रदेश सरकारले विभिन्न योजना अघि बढाएको जानकारीसमेत दिनुभयो । उहाँले खेलकुदलाई राज्य निर्माण र युवालाई सकारात्मक दिशामा परिचालन गर्ने महìवपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय