सुर्खेतमा डुबेर तीनजनाको मृत्यु
baahrakhari.com · Sun Jun 21 03:16:58 GMT 2026

सुर्खेत । सुर्खेतमा डुबेर तीनजनाको ज्यान गएको छ । उनीहरूको शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ । रासस
#डुबेर मृत्यु
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)