रिडी मेलाको आकर्षण कृत्रिम ड्याममा ‘डुङ्गा’
ratopati.com · Fri Jan 16 21:51:39 GMT 2026

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु धाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको हो ।
यहाँ आउने दर्शनार्थी स्नानसँगै मेलामा रमाउने गरेका छन् । मेलाको आकर्षणको रूपमा कृत्रिम ड्याममा सञ्चालन गरिएको डुङ्गा रहेको छ । पर्यटक आकर्षित गर्न यस वर्ष यहाँका युवाले रिडी खोलालाई थुनेर ताल निर्माण गरी डुङ्गा सञ्चालनमा ल्याएका छन् । जुन मेला भर्न आउनेको आकर्षणको केन्द्र बनेको छ । यहाँ आउने जो कोही डुङ्गा सयर गरे मात्र फर्कने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)