मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

nepalnews.com · Sun Jun 21 03:30:16 GMT 2026

कर्णाली। सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ।

सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)