स्थापनाको छोटो समयमै रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय : योगेश भट्टराई
nagariknews.nagariknetwork.com · Sun Jun 21 03:39:58 GMT 2026

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन्।
आजदेखि चितवनमा सुरु हुन गइरहेको रास्वपाको प्रथम महाधिवेशनको अवसरमा पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। भट्टराईले जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको भनाइ राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)