ओखलढुङ्गामा बाढीको वितण्डा : ७ परिवारको गोठ र पुल बगायो
annapurnapost.com · Sun Jun 21 03:38:34 GMT 2026

ओखलढुङ्गा : भीषण वर्षासँगै आएको बाढी र पहिरोले ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। शनिबार साँझदेखि परेको भीषण वर्षाले गाउँपालिकाको केन्द्र जोड्ने मुख्य बाटोमै रहेको पक्की पुल बगाउनुका साथै वडा नम्बर १ र २ को सिमानामा रहेको बाङ्गेखोलामा आएको बाढीले स्थानीयका घर र पशुचौपायामा क्षति पुर्याएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको गाउँपालिका केन्द्र जोड्ने बाटोको खानीखोलाको पक्की पुल बाढीले बगाएपछि पालिकाको केन्द्रसँगको सम्पर्क विच्छेद भएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर विस्तृत विवरण संकलन गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
लम्पी स्किन