गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक स्तरोन्नति
kendrabindu.com · Sun Jun 21 03:58:31 GMT 2026

काठमाडौं । नेपाल-चीन सीमा नाका जोड्ने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक पुनर्निर्माण भइरहेको छ । ८१ किलोमिटर लामो यो सडक तीन खण्ड गल्छी-त्रिशूली-मैलुङ ४६, मैलुङ-स्याफ्रुवेशी १९ किलोमिटर र स्याफ्रुवेशी-रसुवागढी १६ किलोमिटर खण्डमा विभाजन गरी स्तरोन्नतिको कार्य भइरहेको छ।
गल्छी-त्रिशूली-मैलुङ खण्डको ३९ किलोमिटर सडक खण्ड कालोपत्रे छ। तर बटार-विदुर ७ किलोमिटर खण्ड भने कालोपत्रे हुन सकेको छैन। यो खण्ड चार लेनमा निर्माण गर्ने गरी डिजाइन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)