गायक पशुपति शर्मा अब अभिनेता, ‘तीन तीघ्रे क्या बिग्रे’ बाट गर्दै अभिनय यात्रा प्रारम्भ
kalakarmi.com · Sun Jun 21 04:01:56 GMT 2026

काठमाडौं- रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ । लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस फिल्मको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो ।
फिल्म यही असार महिनाको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा छ । यस फिल्म मार्फत चर्चित गायक पशुपति शर्माले अभिनय क्षेत्रमा डेब्यु गर्ने भएका छन् । त्यसैगरी, चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यही फिल्मबाट अभिनय यात्रा प्रारम्भ गर्दैछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)