स्वास्थ्य बीमा बोर्डको १८ अर्बभन्दा बढी दायित्व भुक्तानी बाँकी
aarthiknews.com

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म विभिन्न अस्पताल तथा सेवा प्रदायकलाई तिर्नुपर्ने १८ अर्ब रुपैयाँभन्दा बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरणअनुसार बोर्डले हालसम्म ११ अर्ब ५७ करोड ९ लाख २१ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । तर सोही अवधिसम्म १८ अर्ब १२ करोड ७२ लाख ९१ हजार ५१७ रुपैयाँ बराबरको थप दायित्व अझै भुक्तानी हुन बाँकी रहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)