६ वर्षपछि भारत–चीन प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुँदै
barnanmedia.com · Sun Sep 13 03:19:56 GMT 2026

चीनबीच करिब ६ वर्षदेखि प्रभावित रहेको प्रत्यक्ष यात्रुवाहक हवाई सेवा पुनः सुरु हुने भएको छ। चाइना सदर्न एयरलाइन्सले आगामी २१ सेप्टेम्बर २०२६ देखि ग्वाङ्झाउ–नयाँ दिल्लीबीच नियमित प्रत्यक्ष उडान सुरु गर्ने घोषणा गरेको हो।
कोभिड–१९ महामारीपछि रोकिएको भारत–चीन प्रत्यक्ष हवाई सेवा महामारीको प्रभाव कम भइसकेपछि पनि तत्काल सामान्य हुन सकेको थिएन। दुई देशबीच बढेको सीमा तथा कूटनीतिक तनावका कारण लामो समयसम्म यात्रुवाहक प्रत्यक्ष उडान पुनः सञ्चालन हुन नसकेको अवस्थामा अहिले सेवा सुरु गर्ने घोषणा गरिएको हो। यसलाई भारत–चीन सम्बन्धमा आएको क्रमिक सुधारको एउटा व्यावहारिक सङ्केतका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)