मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माइतबाट ल्याएको एउटा बाख्राले बद्लियो जीवन

rajdhanidaily.com · Wed Jun 12 23:36:32 UTC 2024

डडेल्धुरा । दश वर्ष पहिले माईतबाट ल्याएको एक बाख्रा पालेकी कल्पनादेवी पातलीको खोरमा अहिले २२ वटा माउ बाख्रा छन । आलिताल गाउँपालिका १ चम्सालकी पातली एक बाख्राबाट मात्रै वर्षमा ५० हजार आम्दानी गर्न सफल भएपछि हाल बाख्रा बढाउदै आईरहेकी छन । मैले माईतबाट ल्याएको त्यो एउटा बाख्रा एक वर्षमा कहिले दुई पटक पनि ब्यायो । उनले भनीन्, अहिले पनि त्यो बाख्रा छ । ११ बेती ब्याईसकेको छ । वर्षमा थोरै भए पनि सात–आठ लाख रुपियाँ कमाउन सकिनेमा विश्वस्त भएको उनले सुनाइन ।

खोर बनाउन ७० हजार रुपियाँ अनुदानमा पाएपछि हाल ठूलो खोर बनाई बाख्राको संख्या बढाएको उनले बताईन । बाख्रा पालन गर्दै आएका किसानलाई भेटेनेरी अस्पताल तथा विज्ञ केन्द्र डडेल्धुराले खोर बनाउन अनुदानमा सहयोग गरेपछि सहज भएको उनले बताईन । पहिले सानो खोर बनाई बाख्रा पालन गर्दै आएका किसानलाई खोरमा सहयोग पाएपछि वडा नं. १ को चम्साल, मेलखर्क, देउवागाउँका स्थानीयहरुले ठूला खोरहरु निर्माण गरेको उनले बताईन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)