मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इच्छाशक्तिले दिएको सफलता

gorkhapatraonline.com · Sun Jun 21 04:16:52 GMT 2026

नेपालगन्ज, असार ७ गते । बाँकेको राप्तीसोनारी–२, मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उमेश खत्रीले खुट्टाले लेखेरै कक्षा १२ मा ३.४० जिपिए हासिल गरी उच्च सफलता प्राप्त गर्नुभएको छ ।

खत्रीको दुवै हात नभए पनि सफलता शारीरिक क्षमताले मात्र होइन मेहनत र इच्छाशक्तिले पनि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न उहाँ सफल हुनुभएको हो । खुट्टाले लेखेर खत्रीले १२ कक्षामा राम्रो अङ्क ल्याएपछि अहिले लक्ष्मी माध्यमिक विद्यालयका छात्रछात्रादेखि सम्पूर्ण शिक्षक र मदुवागाउँका सबै स्थानीय खुसी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)