मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सी जिनपिङसँग भेटपछि क्यानडाले चिनियाँ इलेक्ट्रिक कारमा ट्यारिफ घटायो

ratopati.com · Fri Jan 16 22:00:42 GMT 2026

काठमाडाैँ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि दुवै देशले एक–अर्कामाथि लगाइएका ट्यारिफ घटाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री कार्नीका अनुसार चीनले आगामी १ मार्चसम्म क्यानडाको क्यानोला तेलमा लगाइएको ८५ प्रतिशत ट्यारिफ घटाएर १५ प्रतिशतमा ल्याउने अपेक्षा गरिएको छ । त्यसको बदलामा क्यानडाले चिनियाँ इलेक्ट्रिक गाडीमा लगाइएको ट्यारिफ घटाएर ६.१ प्रतिशत गर्ने निर्णय गरेको छ । यसअघि सन् २०२४ मा क्यानडाले चिनियाँ इलेक्ट्रिक गाडीमा १०० प्रतिशत ट्यारिफ लगाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)