सरकारी गतिविधिले निजी क्षेत्रको मनोबल खस्कियो, व्यवसायी भन्छन्- नाफा होइन, व्यवसाय जोगाउने चिन्ता छ
kendrabindu.com · Sun Jun 21 04:27:58 GMT 2026

काठमाडौं । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा आर्थिक गतिविधि चलायमान नभएर बजार माग बढेको छैन। बैंकमा पैसा थुप्रिएको र ब्याजदर दशककै न्यून भए पनि कर्जा माग बढेको छैन। मुलुकभरका १० औद्योगिक क्षेत्रको भाडा विवाद फेरि चुलिएको छ भने दशकदेखिको डेडिकेटेड ट्रंकलाइनको विवाद थप बल्झिन थालेको छ।
मन्त्रीहरूबाट विशेषगरी निर्माण व्यवसायीलाई धम्काउने कामले निरन्तरता पाइरहेको छ। अन्य कारणले पनि अहिले व्यवसाय विस्तार र नाफा आर्जनभन्दा पनि आफू, आफ्नो लगानी र व्यवसाय कसरी जोगाउने भन्ने चिन्ता बढेको ती व्यवसायीको दुखेसो छ। कमजोर मनोबल र त्रासपूर्ण व्यावसायिक वातावरणले निजी क्षेत्रलाई रक्षात्मक अवस्थामा पुर्याएको उनीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
स्वर्णिम वाग्ले
नेपाल उद्योग वाणिज्य महासंघ