मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कामादाको गोलमा जापानलाई अग्रता

lokaantar.com

फिफा विश्वकपको आइतबार जारी महत्त्वपूर्ण खेलमा एसियाली ‘पावर हाउस’ जापानले प्रारम्भमै अग्रता लिएको छ ।

मेक्सिकोमा जारी उक्त खेलको चौथो मिनेटमै जापानका लागि दाइची कामादाले गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन् ।

समूह ‘एफ’मा रहेका यी दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । जापान आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

ट्युनिसिया भने आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–५ गोलले पराजित भएको थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, तीन अंकसहित स्वीडेन दोस्रो र एक अंकसहित जापान तेस्रो स्थानमा छन् । ट्युनिसियाले अंक जोड्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय