मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ढल्की ढल्की लिएर आए कृष्ण

onlinekhabar.com · Thu May 28 08:57:13 GMT 2026

१४ जेठ, काठमाडौँ । गायक कृष्ण विक र गायिका दीपिका बलम्बु मगरको स्वर रहेको ढल्की ढल्की बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकलयमा आधारिक गीतका भिडियोमार्फत दर्शकको मन जितेका गायक कृष्णले यसपटक छमछम नचाउने शैलीको गीतमा जुना सुन्दास र प्रदीप लामालाई अभिनय गराएका छन्।

दिनेशचन्द्र थपलियाको शब्द सृजना रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी बोल्ने रमाइलो कथालाई निर्देशक प्रदीप लामाले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)