बाजुरामा यात्रुवाहक बस दुर्घटना, २४ जना घाइते
nepalviews.com · Sun Jun 21 04:33:01 GMT 2026

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आइतबार बिहान एउटा यात्रुवाहक बस दुर्घटनामा परेको छ। गुडिरहेको बसको एक्कासी ब्रेक फेल भएर दुर्घटना हुँदा बसमा सवार २४ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिकै पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले उक्त बसमा कुल ३५ जना यात्रु सवार रहेको र त्यसमध्ये २४ जनालाई चोटपटक लागेको जानकारी दिएका छन्। बाँकी यात्रुहरू भने सकुशल रहेका छन्।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये २३ जना घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याइएको छ। त्यस्तै, एक जना घाइतेलाई भने थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पतालमा लगिएको एसपी कार्कीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ