मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका प्रतिवादीहरूलाई थुनामा राख्न माग गर्दै अख्तियारद्वारा सर्वोच्चमा निवेदन

canadanepal.com · Thu May 28 09:03:00 GMT 2026

काठमाडौँ - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई अर्बौँ रुपैयाँ बराबरको हानि पुर्‍याइएको आरोपसँग सम्बन्धित मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै प्रतिवादीहरूलाई थुनामा राखी पुर्पक्ष गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

आयोगका अनुसार उक्त परियोजनाको लागत अनुमानमा अस्वाभाविक वृद्धि गरी प्रक्रिया अघि बढाइएको र त्यसबाट नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणलाई करिब ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर (झन्डै ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँभन्दा बढी) बराबरको आर्थिक क्षति भएको दाबी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)