कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
barnanmedia.com · Fri Jun 05 22:40:40 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुनले अड्काउँछ भन्ने हिजोको भाष्यलाई चिर्नुपर्ने बताउनुभएको छ। शुक्रबारदेखि राजधानीमा सुरु भएको दोस्रो कानुन अधिकृतको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले कानुनले अड्काउने होइन, हरेक कुराको समाधान दिन्छ भन्ने भाष्य निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो। यसका लागि कानुन अधिकृतहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो।
मन्त्री गौतमले भन्नुभयो, “न्याय सेवाभित्रको कानुन समूह र कानुन मन्त्रालय राज्यसत्ता सञ्चालनको मस्तिष्क हो। केही समस्या परे पनि वा केही राम्रो काम गर्नुपरे पनि कानुनसँगै समन्वय गरिन्छ। तर, कहिलेकाहीँ नेताहरूबाट जे पनि कुरा कानुनमै अड्किन्छ भन्ने सुनिन्छ। हिजोको दिनमा बनेको यो भाष्यलाई अब चिरेर जे पनि कुराको समाधान कानुनले दिन्छ भन्ने तहमा हामी पुग्नुपर्छ। यो मार्गदर्शन यस सम्मेलनले गर्नेछ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)