सगरमाथाको शिखरमा पोखरा एभेन्जससको झण्डा
ajakoartha.com · Thu May 28 09:08:00 GMT 2026
काठमाडौं- प्रख्यात एनएनएमजीए/आइएफएमजीए (NNMGA/IFMGA) नेपाल नेसननल माउण्टेन गाइड एसोवसएसन÷ इन्टरनेसनल फेडेरेसन अफ माउण्ठे न गाइड एसोवसएसन) प्रमावित नेपाली पर्वतारोहि गाइड एवम् उच्च हिमाली क्षेत्रका चलचित्र वनमासता तथा प्रवद्र्घक पासाङ काजी शेर्पाले २३ मे २०२६ का दिन विहान ३ः५० बजे सगरमाथाको सफल आरोहि गरी विश्वको सर्वोच्च शिखरमा पोखरा एभेन्जससको झण्डा गर्वका साथ फहराएका छन् । ११ अप्रिल २०२६ बाट सुरु भएको यस अभियान पूरा गर्दै उनको आठौँ पटक सफलता पूर्वक सगरमाथा आरोहि गरेका हुन् ।
उनले यसअघि केटु (K२), चो ओयु र मनास्लु जस्ता कयौँ कठिन हिमालहरू सफलतापूर्वक चढिसकेका छन् । यो आरोहण केवल एउटा साहसिक यात्रा मात्र नभएर खेलकुद र वातावरण संरक्षणलाई जोड्ने एउटा विशेष अभियान पनि हो। नेपालको सबैभन्दा लोकप्रिय खेलकुद (क्रिकेट) मार्फत जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे विश्वव्यापी चेतना जगाउन सगरमाथाको शिखर रोजिएको हो । नेपाल प्रिमियर लिगको सबैभन्दा बढी मूल्य लागेको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले ग्रासरुट क्रिकेटको विकाससँगै स्थापनाकालदेखि नै जलवायु परिवर्तनका मुद्दाहरूलाई निरन्तर सहयोग गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)