इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता
ratopati.com · Sun Sep 13 03:54:34 GMT 2026

इन्डोनेसिया । करिब २४० यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार उक्त जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तान प्रान्तको बान्जारमासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)