जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य तीव्र
gorkhapatraonline.com · Sun Jun 21 04:45:09 GMT 2026

तनहुँ, असार ७ गते । तनहुँ जलविद्युत् आयोजनाको १४० मेगावाट क्षमताको मुख्य बाँध (हेडवक्र्स) निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको सबैभन्दा महŒवपूर्ण संरचनामध्ये एक मानिने बाँध निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ ।
व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सिमानामा निर्माणाधीन १४० मिटर अग्लो बाँधको समग्र भौतिक प्रगति ६१ प्रतिशत पुगेको हो । आयोजनाको तीन वटै मुख्य प्याकेजको काम सन्तोषजनक रूपमा अघि बढेसँगै समग्र भौतिक प्रगति भने ७६.५ प्रतिशत पुगेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)