जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
nepaltvonline.com · Thu Jun 13 00:14:40 UTC 2024

धनुषा- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आउनुभएका यादव जनकपुरमा भएको दलको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षबाहेकका पदमा एकभन्दा बढी उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)