इरानले पुनः बन्द गर्यो होर्मुज, शान्तिा वार्ता भाँडिने सम्भावना
bishowkhabar.com · Sun Jun 21 04:52:10 GMT 2026

तेहरान– इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ ।
लेबनानमा जारी इजरायली आक्रमण र अमेरिकाले युद्ध अन्त्यसम्बन्धी प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै इरानले उक्त कदम चालेको हो ।
इरानी विदेश मन्त्रालयले अमेरिका सम्झौताप्रति पूर्ण रूपमा प्रतिबद्ध नभएसम्म अवस्था सामान्य नहुने जनाएको छ ।
यसअघि अमेरिका–इरानबीच अन्तरिम समझदारीपछि स्ट्रेट खुला गरिएको भए पनि पछिल्लो घटनाक्रमले त्यो सहमति संकटमा परेको छ ।
यसैबीच, दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
इजरायलले हिजबुल्लाहको क्षेप्यास्त्र आक्रमणको जवाफस्वरूप कारबाही गरेको दाबी गरेको छ भने हिजबुल्लाहले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज स्ट्रेट बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)