मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

केन्याको विद्यालय आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो

gorkhapatraonline.com · Thu May 28 09:28:47 GMT 2026

केन्याको उत्तरपश्चिम क्षेत्रमा रहेको एक विद्यालयमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । उपचारका क्रममा थप छ जना विद्यार्थीको मृत्यु भएपछि मृतक संख्या बढेको प्रहरीले बिहीबार पुष्टि गरेको हो ।

यो घटना नकुरु काउन्टीको गिलगिल क्षेत्रमा रहेको उतुमिशी गल्र्स एकेडेमीको छात्रावासमा स्थानीय समयअनुसार बिहीबार बिहान करिब १ बजे भएको हो । आगलागी हुँदा अधिकांश विद्यार्थी छात्रावासमा सुतिरहेका थिए । प्रारम्भिक घटनामा १० जनाको मृत्यु भएको थियो भने पछि गम्भीर घाइतेमध्ये थप छ जनाले ज्यान गुमाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)