इन्डोनेसियालाई हराउँदै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा
annapurnapost.com · Thu May 28 09:27:40 GMT 2026
काठमाडौं : एसियन गेम्स महिला छनोटतर्फ नेपालले समूह चरणको दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । इन्डोनेसियालाई पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । मलेसियाको वायुमास ओभलमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो।
इन्डोनेसियाले दिएको ११४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालको लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रनको अविजित पारी खेलिन् । उनले ४३ बलमा ५ चौका प्रहार गरिन् । चौथो विकेटको लागि इन्दुले सोनी पाख्रिनसँग ४५ रनको साझेदारी बनाउँदै नेपालको मध्यक्रम सम्हालेकी थिइन् । पाँचौं विकेटको लागि पनि इन्दु र कविता कुँवरले ३४ रनको सानो साझेदारी बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)