हुलाकी सडक विस्तार पाँच सयभन्दा बढी रुख कटान गरिने
gorkhapatraonline.com · Sun Jun 21 05:00:18 GMT 2026

घोराही, असार ७ गते । दाङको देउखुरी क्षेत्रमा हुलाकी सडक विस्तार प्रक्रिया अघि बढेको छ । राजपुर गाउँपालिकाको गङ्गदीदेखि दाङ र बाँके जिल्लाको सीमाक्षेत्र हाडबाससम्मको २२ किलोमिटर सडक विस्तारका लागि आवश्यक बजेट सुनिश्चित भएसँगै सडक विस्तारको प्रक्रिया सुरु भएको हो ।
हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्ज बाँकेका प्रमुख लीलाबहादुर भण्डारीले सडक विस्तारका लागि करिब तीन अर्ब रुपियाँको स्रोत व्यवस्थापन भएसँगै हुलाकी सडक अन्तर्गत दाङमा बाँकी रहेको सडक विस्तारको काम सुरु भएको जानकारी दिनुभयो । कार्यालय प्रमुख भण्डारीका अनुसार सडक विस्तारका लागि ठेक्का प्रक्रियासँगै सडक सीमाभित्र पर्ने रुख कटानका लागि आवश्यक स्वीकृति लिने कार्य भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)