ट्युनिसियाविरुद्ध जापानलाई पहिलो हाफमै २–० गोलको अग्रता
lokaantar.com

फिफा विश्वकपको आइतबार जारी खेलमा एसियाली ‘पावर हाउस’ जापानले पहिलो हाफमा ट्युनिसियाविरुद्ध २–० गोलको अग्रता लिएको छ ।
मेक्सिकोमा जारी उक्त खेलको चौथो मिनेटमै केइतो नाकामुराको उत्कृष्ट पासमा दाइची कामादाले गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन् ।
निर्धारित समयको ३१ औं मिनेटमा जापानले अग्रता दोब्बर बनायो । जापानका लागि दोस्रो गोल अयासे उएदाले गरे ।
समूह ‘एफ’मा रहेका यी दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । जापान आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।
ट्युनिसिया भने आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–५ गोलले पराजित भएको थियो । त्यसैले यो खेलमा दुवै टोली जित्नै पर्ने दबाबमा छन् ।
चार अंकसहित नेदरल्यान्ड्स पहिलो, तीन अंकसहित स्वीडेन दोस्रो र एक अंकसहित जापान तेस्रो स्थानमा छन् । ट्युनिसियाले भने अंक जोड्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा