नेपालमा स्वास्थ्यकर्मीको संख्या तीन लाख ८५ हजारभन्दा बढी
baahrakhari.com · Thu May 28 09:37:33 GMT 2026

काठमाडौं । नेपालमा स्वास्थ्यकर्मीको संख्या तीन लाख ८५ हजार ३७० पुगेको छ । यो संख्या ०८२ फागुन मसान्तसम्मको भएको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ मा उल्लेख छ ।
उनीहरू नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाल फार्मेसी परिषद्लगायत निकायमा दर्ता भएका स्वास्थ्यकर्मी हुन् । ०८१ फागुनसम्म यो संख्या तीन लाख ६६ हजार ५०५ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ