रास्वपामा महाधिवेशन : केन्द्रीय सदस्यमा धर्मेन्द्र बीसीको उम्मेदवारी घोषणा
nepalviews.com · Sun Jun 21 05:14:32 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा नेता धर्मेन्द्र बीसीले केन्द्रीय सदस्यमा उम्मेदवारी धोषणा गरेका छन् । अछामको ढकारी गाउँपालिकाका बीसीले भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जानकारी दिए ।
डेढ दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेका बीसी सुदूरपश्चिमका परिचित सञ्चारकर्मीमध्ये पर्छन्। उनले आफ्नो पत्रकारिता यात्रा सुर्खेतबाट सुरु गरेका थिए। रेडियो भेरी एफएमलगायत विभिन्न सञ्चारमाध्यममा काम गर्दै उनले सुदूरपश्चिमका कैलाली र अछाम जिल्लामा लामो समयसम्म पत्रकारितामार्फत जनताका आवाज उठाउने काम गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ