अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
ratopati.com · Sun Jun 21 05:20:46 GMT 2026

अष्ट्रेलिया । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताएका हुन् ।
हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा आधा घटाइने र अगस्ट २ पछि पूर्ण अन्तःशुल्क दर प्रति लिटर ५२ दशमलव छ सेन्ट पुनः लागू गरिनेछ । मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न विश्वव्यापी तेल सङ्कट र इन्धन मूल्यमा आएको तीव्र वृद्धिको प्रभाव न्यूनीकरण गर्न अष्ट्रेलियाको सङ्घीय सरकारले गत अप्रिल १ देखि तीन महिनाका लागि प्रति लिटर २६ दशमलव तीन सेन्ट अन्तःशुल्क कटौती गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)