मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि चयन, पार्टी सभापतिबाट १३८ जना मनोनयन भए

nepalbahas.com · Sun Jun 21 05:20:29 GMT 2026

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि चयन, पार्टी सभापतिबाट १३८ जना मनोनयन भए

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।

पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन भने समुहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।

कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् ।

महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन् ।

यसैगरी, संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको छ ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि भएका छन् । प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन् ।

रास्वपा)

महाधिवेशन

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

रास्वपा महाधिवेशन आजदेखि चितवनमा शुरुहुदै

असार ७, २०८३ आइतबार

चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

असार ६, २०८३ शनिबार

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, विभिन्न विधेयक सदनमा पेश गर्ने निर्णय

असार ५, २०८३ शुक्रबार

नेपालबहस ट्रेन्डिङ

शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

नेपालबहस संवाददाता

असार ५, २०८३ शुक्रबार

राहदानी काण्डमा धमाधम पक्राउ, जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारको पुर्जी

नेपालबहस संवाददाता

असार ४, २०८३ बिहिबार

Tweets by nepalbahas

लोकप्रिय

शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट

असार ६, २०८३ शनिबार

विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल

असार ६, २०८३ शनिबार

विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर

असार ६, २०८३ शनिबार

छुटाउनुभयो कि?

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि चयन, पार्टी सभापतिबाट १३८ जना मनोनयन भए

असार ७, २०८३ आइतबार

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १५५ डलर, नेपालमा तोलामा ६०० बढ्यो

असार ७, २०८३ आइतबार

आज जुन २१ अर्थात वर्षकै सबैभन्दा लामो दिन

असार ७, २०८३ आइतबार

आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश

असार ७, २०८३ आइतबार

फिफा विश्वकप २०२६ : नेदरल्यान्ड्स ५–१ गोलले विजयी

असार ७, २०८३ आइतबार

विश्वकप फुटबल २०२६ : कुरासाओ र इक्वेडरको खेल बराबरीमा टुंगियो

असार ७, २०८३ आइतबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय