मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबनानमा इजरायली आक्रमणबाट ३२ जनाको मृत्यु, अमेरिका–इरान वार्ता प्रभावित हुने चिन्ता

aarthiknews.com

काठमाडौं । लेबनानमा युद्धविराम कायम रहेको अवस्थामा पनि इजरायलले गरेको हवाई तथा ड्रोन आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पछिल्ला आक्रमणहरूले क्षेत्रीय तनाव बढाएको छ भने अमेरिका र इरानबीच हुने भनिएको शान्ति वार्तामा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

लेबनानका सरकारी निकायका अनुसार दक्षिणी क्षेत्रका विभिन्न जिल्लामा भएका आक्रमणमा सर्वसाधारणसहित दर्जनौँ मानिस मारिएका छन्। शनिबार मात्र दक्षिणी नाबाटियेह जिल्लामा १६ जनाको ज्यान गएको र १२ जना घाइते भएको जनाइएको छ। साथै, एक लेबनानी सैनिकको पनि मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्चयता इजरायली आक्रमणमा ४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ हजारभन्दा बढी घाइते भएका छन्।

यसबीच अमेरिका र इरानबीच हालै सम्पन्न समझदारी कार्यान्वयनबारे थप छलफलका लागि स्विट्जरल्याण्डमा आइतबार वार्ता हुने तयारी छ। पाकिस्तान र कतारको मध्यस्थतामा हुने उक्त वार्तामा लेबनानमा युद्धविराम कायम रहनु महत्वपूर्ण शर्त मानिएको छ।

इजरायल र लेबनानबीच स्थायी शान्ति स्थापना गर्ने उद्देश्यले आगामी जुन २३ र २५ मा अमेरिकाको वासिङ्टनमा थप वार्ता हुने तय भए पनि निरन्तर हिंसाले वार्ताको सफलतामाथि प्रश्न उठाएको छ।

उता, हिजबुल्लाहले इजरायली सैन्य गतिविधिविरुद्ध प्रतिकार जारी रहने जनाएको छ भने इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय