हराउँदै परम्परागत ढुङ्गेघर
gorkhapatraonline.com · Sun Sep 13 04:30:27 GMT 2026

पछिल्लो समय ग्रामीण क्षेत्रमा यातायातको पहुँच विस्तार हुनुका साथै रेमिट्यान्सबाट प्राप्त आम्दानी बढेपछि गाउँ गाउँमा पक्की घर बनाउने लहर चलेको छ । जिल्लामा पक्की तथा टिनले छाएका घर निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुङ्गेघर भने पातलिँदै जान थालेका छन् ।
जिल्लाको नारायण नगरपालिका–११ स्थित काँडाका दानबहादुर विष्टको करिब एक सय वर्ष पुरानो घर ढुङ्गाले छाएको छ । बर्सौंअघि हजुरबुवाले निर्माण गरेको उक्त घरमा अहिलेसम्म छाना फेर्नु परेको छैन । ढुङ्गाले छाएको छाना लामो समयसम्म टिक्ने भएकाले विष्टको गाउँमा धेरैले ढुङ्गाको छाना लगाउने गर्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)